अध्यक्ष ओलीद्वारा नेपाल संवत्, म्हः पूजा र हल तिहारको शुभकामना


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् ११४७ आरम्भ भएको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।

अध्यक्ष ओलीले मौलिक परम्परा, प्रकृतिप्रेम र श्रमसभ्यताका अनुपम पर्व तिहार, नेपाल संवत्, म्हः पूजाले जीवनमा सुख, समृद्धि र सद्भावको सञ्चार गरून् भनी कामना गरेका छन्।

‘आज हुने म्हः पूजाले आत्मसम्मान र आत्मशुद्धिको सन्देश दिन्छ,’ अध्यक्ष ओलीले भने, ‘गोवद्र्धन पूजाले प्रकृति र पर्यावरणप्रतिको कृतज्ञता अभिव्यक्त गर्छ भने हल तिहारले कृषि संस्कृतिको गरिमा उजागर गर्छ।’

Laxmi sunrise bank

‘म्हः पूजा, गोवद्र्धन पूजा तथा हल तिहारको हार्दिक शुभकामना,’ उनले थपे, ‘न्हु दँया भिन्तुना!’

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको इतिहास छ। लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालकै मौलिक संवत् हो।