चितवन । छठ पर्वको पूर्वसन्ध्यामा भरतपुरस्थित नारायणी नदी किनार सिँगारिएको छ। छठ पूजाका लागि घाट निर्माण, टेन्ट व्यवस्थापन र रंगीन बत्ती जडान गरिएपछि नदी किनार झिलिमिली बनेको छ।
तराई सेवा समितिको आयोजनामा हुने छठ पूजाका लागि घाट सजावट, सरसफाइ, टेन्ट निर्माण तथा अन्य व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेका छन्।
समितिका सल्लाहकार राजकुमार शाहका अनुसार यस वर्ष छठ पूजामा हजारौँ श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ। व्रतालु तथा भक्तजनहरू भोलि दिउँसोदेखि नै पूजाका लागि घाटमा पुग्नेछन्।
पूजालाई व्यवस्थित, सुरक्षित र सहज बनाउन आयोजकले आवश्यक सुरक्षा प्रबन्ध मिलाएको छ। रातिको समयमा चार जना सुरक्षागार्ड परिचालन गरिएको छ भने भोलि निजी सुरक्षाकर्मीका साथै प्रहरीसमेत खटाइने व्यवस्था गरिएको शाहले जानकारी दिए।




प्रतिक्रिया