काठमाडौँ । मंसिर २ र ३ को राष्ट्रिय भेलालगत्तै नेकपा एमालेले स्थानीय तहका जनप्रतिनिधि भेला गर्ने भएको छ ।
प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार भेला ४ गते आयोजना गरिने भएको हो । जनप्रतिनिधि भेलापछि ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने कार्यक्रम तय भएको छ ।
ती भेला र बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजना गरिने आचार्यले बताए । स्थानीय तहको निर्वाचनअघि ती तहका जनप्रतिनिधिसँग पार्टी नेतृत्वले आवश्यक परामर्श गर्नुपर्ने कारण भेला बोलाइएको उनले बताए ।
त्यसपछि हुने केन्द्रीय कमिटी बैठकले कार्यविभाजन सहित विषयमा छलफल गर्ने भएको छ ।




प्रतिक्रिया