काठमाडौं । प्रधानमन्त्री बालेन शाहले छठ पर्वले जीवनको गहिरो दर्शनसँगै प्रकृति र जीवनका हरेक अवस्थाप्रति सम्मान गर्ने सन्देश दिने बताएका छन् ।
छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले उदाउँदो सूर्यसँगै अस्ताउँदो सूर्यलाई पनि समान श्रद्धा र सम्मानका साथ अर्घ्य दिने परम्पराले जीवनका सबै अवस्थालाई उत्तिकै महत्त्व दिनुपर्ने सिकाउने बताएका हुन् ।
उनले छठ पर्वलाई प्रकृतिप्रतिको कृतज्ञता प्रकट गर्ने र जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन् ।
चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य अर्पण गर्ने परम्परा रहेको उनले सन्देशमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहले सरकारले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखेको पनि बताएका छन् ।




प्रतिक्रिया