३०० को सामान किनेका राम श्रेष्ठले जिते १० लाख पुरस्कार


१ मंसिर, काठमाडौं । तीन सयको सामान किनेका भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले १० लाख पुरस्कार जितेका छन् ।

उनले श्री च्युरा तथा राइस मिलबाट ३०० को सामान किनेका थिए ।

सरकारले गत कात्तिक १६ गतेदेखि मसान्तसम्मका करदाता प्रोत्साहन उपहार घोषणा गर्दा उनले १० लाख पुरस्कार हात पारेका हुन् । करदाता प्रोत्साहन घोषणा गभर्नर विश्वनाथ पौडेलले घोषणा गरेका हुन् ।

राष्ट्रिय कर दिवसका अवसरमा नयाँ बिजेता घोषणा गरिएको हो, सो अवसरमा यसअघिका विजेताहरुलाई पनि सम्मान गरिएको छ ।