ट्रम्पलाई स्वागत गर्न विमानस्थलमै पुगे सी जिनपिङ


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा पुगेका छन् । उनलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले शेन्जेन विमानस्थलमै पुगेर स्वागत गरेका छन् ।

२ मंसिरमा चीन पुगेका ट्रम्प एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका हुन् । उनी फिलिपिन्स हुँदै चीन पुगेका हुन् ।

ट्रम्पको स्वागतका लागि राष्ट्रपति सी आफैँ विमानस्थल पुग्नु कूटनीतिक वृत्तमा चासोको विषय बनेको छ । यसअघि अमेरिकी राष्ट्रपति चीन भ्रमणमा आउँदा सीले विमानस्थलमै पुगेर स्वागत गर्ने गरेका थिएनन् ।

यसपटक भने सीले विगतको परम्परा तोड्दै आफ्ना अमेरिकी समकक्षीलाई विमानस्थलमै पुगेर स्वागत गरेका हुन् । दुई शक्तिशाली मुलुकका राष्ट्रप्रमुखबीचको यो भेटलाई अन्तर्राष्ट्रिय कूटनीतिमा विशेष चासोका साथ हेरिएको छ ।