२ मंसिर, जनकपुरधाम । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा १८ दिनको नवजात शिशुको मृत्यु भएभएको छ । उपचारको क्रममा मंगलबार दिउँसो बाराको कलैया उपमहानगरपालिका–२२ निवासी सन्दीप साहको १८ दिनको छोराको मृत्यु भएको थियो ।
शिशुको मृत्युुपछि आफन्त र स्थानीयले अस्पताल अगाडि प्रदर्शन गरेको छ ।
परिवारका अनुसार शिशुलाई जण्डिस भएपछि गत शनिबार अस्पताल भर्ना गरिएको थियो । अहिले परिवारले अस्पतालसँग सीसीटीभी फुटेज उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरेका हुन् ।
स्वास्थ्यमा सुधार भएर डिस्चार्ज गर्ने भनिरहेको बेला स्टाफ नर्सले सुइ लगाएपछि पाँच मिनेटमै बच्चाको मृत्यु भएको शिशुको हजुरबुबा पर्ने नरेश साहले बताए।
घटना पश्चात् मृतक परिवारले अहिलेसम्म शिशुको शव बुझेका छैनन् ।




प्रतिक्रिया