काठमाडौँ । पृथ्वीनारायण (पीएन) क्याम्पस, पोखरालाई स्वायत्ततासहित उपाधि (डिग्री) प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने प्रक्रिया अगाडि बढाइएको छ । विश्वविद्यालय अनुदान आयोगले शिक्षा तथा खेलकुद मन्त्रालयमा आफ्नो तीन महिने कार्यप्रगति विवरण पेस गर्दै प्रक्रिया अघि बढाइएको जनाएको हो ।
राष्ट्रिय शिक्षा नीति, २०७६ मा त्रिभुवन विश्वविद्यालयको ठूलो आकार र विद्यार्थी सङ्ख्याकाकारण व्यवस्थापन, अनुगमन तथा परीक्षा प्रणालीमा चुस्तता र गुणस्तर कायम गर्न विश्वविद्यालयको पुनर्संरचना गर्ने नीति उल्लेख छ ।
सोही नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालयको रणनीतिक योजना र दृथालिएको हो । त्यस व्यवस्थाअनुरुप त्रिभुवन ष्टिकोणअनुसार पीएन क्याम्पसलाई स्वायत्त संस्था बनाउने गृहकार्य विश्वविद्यालयको पुनर्संरचना गर्दै गण्डकी प्रदेशस्थित उक्त आङ्गिक क्याम्पसलाई रुपान्तरण र स्तरोन्तति गरिन लागिएको छ ।
आयोगका अध्यक्ष प्राडा खड्कबहादुर केसीका अनुसार रूपान्तरण प्रक्रियामा शैक्षिक तथा प्रशासनिक सेवा प्रवाहलाई विकेन्द्रीकरण, पाठ्यक्रम विकासमा संस्थागत स्वायत्तता अभिवृद्धि तथा परीक्षा र नतिजा प्रकाशन प्रणालीलाई सरल बनाउने लक्ष्य राखिएको छ ।
आयोगले शिक्षा तथा खेलकुद मन्त्रालयमा बुझाएको प्रगति विवरणमा भनेको छ, “अनुसन्धान र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आवश्यक पूर्वाधार, जनशक्ति, आर्थिक स्रोत, प्रशासनिक संरचना तथा कानुनी व्यवस्थाको मूल्याङ्कन गरी कार्ययोजना तयार गर्ने र कार्यान्वयनमा लैजाने प्रक्रिया अगाडि बढिसकेको छ ।”
उक्त क्याम्पस स्वायत्त संस्थाका रूपान्तरण भएसँगै गण्डकी प्रदेशको उच्च शिक्षामा गुणस्तरसुधार र प्रशासनिक विकेन्द्रीकरणमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ । रासस




प्रतिक्रिया