काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समुहको नेपाल तरुण दल काठमाडौं जिल्ला अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्।
केन्द्रीय अध्यक्ष दिल लामाद्वारा हस्ताक्षरित मनोनयन पत्रमा संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता तथा भावी राजनीतिक कार्यदिशालाई थप प्रभावकारी बनाउने उद्देश्यले श्रेष्ठलाई अध्यक्ष पदमा मनोनयन गरिएको जनाएको छ । श्रेष्ठ काठमाडौ निवासी हुन् ।
नवनियुक्त अध्यक्ष श्रेष्ठको नेतृत्वमा आगामी ६ महिनाभित्र जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गर्दै संगठनलाई थप सुदृढ, एकताबद्ध, गतिशील र व्यवस्थित बनाउन निर्देशसमेत दिइएको छ ।





प्रतिक्रिया