काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी राष्ट्रिय भेला आज समापन गरिने भएको छ ।
बिहान ८ बजेदेखि सुरु हुने भेलालाई आज पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ तथा पार्टीका वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्नेछन् ।
भेलाले समसामयिक प्रस्तावहरू पारित गर्नेछ । दिवा भोजनपछि राष्ट्रिय भेलाको समापन हुनेछ ।
यसैबीच, आजै दिउँसो ३ बजेदेखि कार्की ब्याङ्क्वेटमा पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम छ ।




प्रतिक्रिया