काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको घोप्टेभीरमा सुक्खा पहिरो खस्ने क्रम अझै रोकिएको छैन ।
पहिरो पन्छाएर हाल कम्तीमा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको भए पनि सडकको अवस्था सहज बनाउन मेसिन तथा उपकरण परिचालन गरी काम भइरहेको नागढुंगा–मुग्लिन सडक योजनाले जनाएको छ ।
योजनाका अनुसार उक्त स्थानमा जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम रहेकाले सडक प्रयोगकर्तालाई यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । साथै, ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ ।
केही दिनभित्रै उक्त स्थानमा सुरक्षित रूपमा दुईतर्फी सवारी आवागमन सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको योजनाले जनाएको छ ।




प्रतिक्रिया