काठमाडौँ । नेकपा एमालेले आफ्ना नेता तथा कार्यकर्तालाई विदेश भ्रमणमा जाँदा पार्टीलाई अनिवार्य जानकारी गराउनुपर्ने व्यवस्था गर्ने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले अबदेखि कुनै पनि नेता विदेश भ्रमणमा जाँदा पार्टीलाई जानकारी दिनुपर्ने बताएका हुन् । दुईदिने राष्ट्रिय भेलाको बिहीबार समापन गर्दै उनले पार्टीलाई जानकारी नदिई विदेश जाने नेतासँग स्पष्टीकरण सोधिने चेतावनीसमेत दिए ।
‘पार्टीका नेता कार्यकर्ता अनुशासित हुनुपर्छ । कसले के गर्दैछ, कहाँ जाँदैछ भन्ने पार्टीलाई जानकारी दिनु जिम्मेवारी र कर्तव्य हो,’ ओलीले भने, ‘अबदेखि कोही विदेश भ्रमणमा जाँदैछ भने पार्टीलाई जानकारी हुनुपर्छ । यदि जानकारी भएन भने पार्टीले स्पष्टीकरण सोध्छ ।’




प्रतिक्रिया