रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते


धादिङ, ४ मङ्सिर । रुबीभ्याली गाउँपालिका–४ कलदाङमा आज बिहान सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित अन्य नौ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश दाहालका अनुसार दुर्घटनामा रुबीभ्याली–४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको हो । घाइतेमध्ये छ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँस्थित र अन्य तीन जनालाई धादिङ अस्पताल पठाइएको छ ।

सवारी चालक खनियाबास गाउँपालिका–१ का ४० वर्षीय डम्बर तामाङ, बोराङकी ३३ वर्षीया मिजोङ तामाङ र ११ वर्षीय एक बालक आमोश तामाङको अवस्था गम्भीर रहेको प्रवक्ता दाहालले जानकारी दिए ।