काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणमा ५२ जना नेपाली व्यवसायी पनि सहभागी हुने भएका छन्।
परराष्ट्र सचिव अमृत राईका अनुसार प्रधानमन्त्रीको औपचारिक भ्रमण टोलीमा ३४ जना सदस्य रहनेछन्। यसबाहेक ५२ सदस्यीय व्यवसायी टोली पनि प्रधानमन्त्रीसँगै भारत जानेछ। व्यवसायीहरूले भ्रमणमा सहभागी हुन लाग्ने खर्च आफैँ व्यहोर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भारत भ्रमणमा सहभागी हुने व्यवसायी टोलीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठसहित महासंघका पूर्व तथा वर्तमान पदाधिकारी रहनेछन्। त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा अन्य पदाधिकारी, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग व्यापार महासंघ र नेपाल–भारत चेम्बर अफ कमर्सका प्रतिनिधिहरू पनि टोलीमा सहभागी हुनेछन्।
यसका साथै ऊर्जा तथा पर्यटन क्षेत्रका उद्यमीहरूको समेत सहभागिता रहनेछ।





प्रतिक्रिया