काठमाडौँ । सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त सञ्चालक समिति अध्यक्ष पदमा नियुक्तिका लागि सरकारले दरखास्त आह्वान गरेको छ।
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत गठित ‘सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्ति सम्बन्धी सिफारिस समिति’ ले आज सार्वजनिक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीबाट छनोट गरी नियुक्तिका लागि सिफारिस गर्न योग्य तथा इच्छुक व्यक्तिहरूसँग आवेदन माग गरेको हो।
समितिका अनुसार अध्यक्ष पदमा आवेदन दिन चाहने उम्मेदवारले आगामी २०८३ मंसिर २२ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्। इच्छुक उम्मेदवारले तोकिएको म्यादभित्र कार्यालय समयसम्म आवेदन बुझाइसक्नुपर्नेछ।
अध्यक्ष पदका लागि आवश्यक शैक्षिक योग्यता, अनुभव, दरखास्त फाराम तथा आवेदनसँगै पेस गर्नुपर्ने कागजातसम्बन्धी विस्तृत विवरण सूचना तथा सञ्चार मन्त्रालयको आधिकारिक वेबसाइट www.moic.gov.np र सार्वजनिक सेवा प्रसारण संस्थाको वेबसाइट www.psbnepal.gov.np मा उपलब्ध गराइएको समितिले जनाएको छ।





प्रतिक्रिया