काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले वर्तमान सरकारको कार्यकाल एक वर्ष पनि नपुग्ने दाबी गरेका छन् ।
एमालेको जनवर्गीय सङ्गठन नेसनल भोलेन्टियर्स सङ्घको स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले बालेन नेतृत्वको सरकारलाई वर्षायाममा उम्रिएको च्याउसँग तुलना गरेका हुन् ।
उनले वर्तमान सरकारको स्थायित्वमाथि प्रश्न उठाउँदै वर्षायाम सकिएपछि च्याउ हराएजस्तै सरकार पनि टिक्न नसक्ने टिप्पणी गरे ।
“छाता ढालेको च्याउ र बर्खामा उम्रिएको च्याउको फरक हुन्छ । अहिले बालेन सरकार छ, यो बर्खामा उम्रिएको चुच्चे च्याउ हो । यो कुनै छाता ढालेको च्याउ होइन,” उनले भने ।
बर्खा सकिएर घाम लाग्न थालेपछि च्याउ मरेर जाने उदाहरण दिँदै उनले वर्तमान सरकारको भविष्य पनि त्यस्तै हुने दाबी गरे ।
“बर्खा सकिएपछि जब घाम लाग्न थाल्छ, त्यसपछि यो च्याउ मरेर सकिन्छ । त्यही भएर यो हात न भुट्टामा आएको सरकार एक वर्ष पनि टिक्दैन,” बस्नेतले भने ।




प्रतिक्रिया