काठमाडौं । चितवन राइनोजका तीव्र गतिका बलर रिजन ढकाल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सर्वोत्कृष्ट बलर घोषित भएका छन्। शनिबार (मंसिर ५) उनलाई प्रतियोगिताको उत्कृष्ट बलर घोषित गरिएको हो।
उत्कृष्ट बलिङ प्रदर्शन गरेका रिजनले यस सिजनको ‘ओमोडा इलेक्ट्रिफाई प्लेयर अफ द टुर्नामेन्ट’ अवार्डसमेत आफ्नो नाममा पारे। उक्त अवार्डसँगै उनले ओमोडाको जेईको जे फाइभ प्रो कार र पल्सर मोटरसाइकल पुरस्कारस्वरूप प्राप्त गरेका छन्।
रिजन यस सिजन प्रतियोगिताकै सर्वाधिक विकेट लिने बलर बने। उनले आठ खेलमा कुल १७ विकेट लिँदै आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गरे। २७ ओभर बलिङ गरेका उनले ९.८८ को इकोनोमी कायम गरेका थिए।
एनपीएलको पहिलो संस्करणदेखि नै चितवन राइनोजबाट खेल्दै आएका रिजनले यसपटक पनि आफ्नो बलिङमार्फत प्रभाव छाड्न सफल भए।
यद्यपि, उनको टोली चितवन राइनोज भने यस सिजन फाइनलसम्म पुग्न सकेन। क्वालिफायर–२ मा सुदूरपश्चिम रोयल्ससँग तीन विकेटले पराजित भएपछि चितवनको उपाधि यात्रामा पूर्णविराम लागेको थियो।




प्रतिक्रिया