काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल भारतको राजधानी नयाँदिल्ली पुगेको छ ।
प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गरेका छन् ।
प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थलबाहिर विशेष सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो । राजकीय भ्रमणका क्रममा नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहित ३५ सदस्यीय टोली सहभागी छ ।
विमानस्थलबाट उनी सिधै होटल ताजमहलमा जानेछन् । सोही होटलमा आज साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।




प्रतिक्रिया