काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
आइतबारदेखि भारत भ्रमणमा रहेका शाहले नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा मोदीसँग भेट गरेका हुन् । भेटका क्रममा दुवै देशका प्रतिनिधिमण्डलका सदस्यहरूको पनि उपस्थिति थियो ।
भेटअघि प्रधानमन्त्री शाहले भारत सरकारका तर्फबाट गार्ड अफ अनर ग्रहण गरेका थिए । सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले शाहलाई अंगालो हालेर स्वागत गरेका थिए ।




प्रतिक्रिया