राजनीतिक निराशाबीच ‘हुंकार मधेश’को मेची–महाकाली हुलाकी यात्रा, तीन चरणमा हुने


मधेश। राजनीतिप्रति बढ्दो निराशा, परम्परागत राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टि र देशको मूल राजनीतिक अन्तर्द्वन्द्वबारे जनस्तरमा बहस सिर्जना गर्ने उद्देश्यसहित हुंकार मधेशले ‘मेची–महाकाली हुंकार हुलाकी यात्रा’ सञ्चालन गर्ने भएको छ।

अभियानले आज यात्राको विस्तृत कार्यक्रम सार्वजनिक गर्दै तीन चरणमा यात्रा सञ्चालन गर्ने जनाएको छ। यात्रामार्फत राजनीतिक निराशाको अन्त्यको उपाय खोज्ने, मौलिक ज्ञान प्रणालीको चर्चा गर्ने, पूर्वीय दर्शन र सभ्यताबारे संवाद गर्ने तथा देशको वर्तमान राजनीतिक संकट र सामाजिक समस्यामाथि बहस चलाउने अभियानको उद्देश्य रहेको छ।

तीन चरणमा मेचीदेखि महाकालीसम्म यात्रा

अभियानले सार्वजनिक गरेको कार्यक्रमअनुसार यात्रा तीन चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा मधेशका जिल्लाहरू, दोस्रो चरणमा पश्चिम तराईका जिल्लाहरू र तेस्रो चरणमा पूर्वी क्षेत्र तथा काठमाडौं उपत्यकाका विभिन्न कार्यक्रम समेटिएका छन्।

पहिलो चरण : मधेशका जिल्लाहरूमा अभियान

मंसिर ७ गते — समीक्षा बैठक

मंसिर ९ गते — प्रधानमन्त्रीलाई काठमाडौंमा ज्ञापनपत्र बुझाउने

मंसिर १०–११ गते — सप्तरी यात्रा

मंसिर ११–१६ गते — सिरहा यात्रा

मंसिर १७–२१ गते — धनुषा यात्रा

मंसिर २२–२६ गते — महोत्तरी यात्रा

मंसिर २७ गतेदेखि पुस २ गतेसम्म — सर्लाही यात्रा

पुस २–३ गते — रौतहट यात्रा

पुस ४–५ गते — बारा यात्रा

पुस ५–७ गते — पर्सा यात्रा

पुस ७–८ गते — मकवानपुर यात्रा

दोस्रो चरण : पश्चिम तराईका जिल्लामा यात्रा

पुस १० गते — समीक्षा बैठक

पुस १७–१८ गते — चितवन यात्रा

पुस १८–१९ गते — नवलपरासी यात्रा

पुस २०–२१ गते — रुपन्देही यात्रा

पुस २२–२३ गते — कपिलवस्तु यात्रा

पुस २३–२४ गते — दाङ यात्रा

पुस २४–२५ गते — बाँके यात्रा

पुस २५–२६ गते — बर्दिया यात्रा

पुस २६–२७ गते — कैलाली यात्रा

पुस २८–२९ गते — कञ्चनपुर यात्रा

तेस्रो चरण : पूर्वी क्षेत्र र काठमाडौं उपत्यकामा अभियान

माघ ३ गते — समीक्षा बैठक

माघ ५ गते — लहानमा श्रद्धाञ्जली अर्पण

माघ ५–७ गते — कापा यात्रा

माघ ७–९ गते — मोरङ यात्रा

माघ ९–१० गते — सुनसरी यात्रा

माघ १०–११ गते — उदयपुर यात्रा

माघ १२–१५ गते — काठमाडौं उपत्यका यात्रा

माघ १७ गते — समीक्षा तथा आगामी योजना बैठक, हुंकार मधेशको सम्मेलन तयारीका लागि