मोदीले बालेनलाई दिए गंगाजलसहितको घडा उपहार


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई गंगाजलसहितको घडा उपहार दिएका छन् ।

सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा मोदीले प्रधानमन्त्री शाहलाई उक्त उपहार प्रदान गरेका हुन् ।

भेटका क्रममा दुवै देशका प्रधानमन्त्रीले उपहार आदानप्रदान गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री शाहले मोदीलाई पशुपतिनाथ मन्दिरको चन्दन, रुद्राक्ष र शालिग्रामसहितको उपहार सेट दिएका थिए ।