आज देशका अधिकांश स्थानमा मौसम सफा रहने, हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन। देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहे पनि केही हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

त्यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

बिहीबार पनि कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली हुने अनुमान छ। अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

समग्रमा आगामी २४ देखि ४८ घण्टासम्म देशका अधिकांश क्षेत्रमा मौसम सफा रहने दे