काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
आनीको नागरिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा गरिएको नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउँदै राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहसहितले रिट दायर गरेका हुन् ।
रिट निवेदनमा सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड, २०७१ अनुसार आनी छोइङ डोल्माको योग्यता नपुगेको दाबी गरिएको छ ।
रिट निवेदकहरूले आनी छोइङ डोल्मा सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड, २०७१ अनुसार आवश्यक योग्यता नपुगेको जिकिर गरेका छन्।
सरकारले गत असोज ३० गते आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो। उनले मंसिर २ गतेदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेकी थिइन्।




प्रतिक्रिया