संगितसँगै राजनीतिमा होमिए डि-मर्चा बाण्डका गायक भाष्कर श्रेष्ठ


९ मंसिर, काठमाडौं । नेपाली संगित क्षेत्रमा चर्चित बाण्ड मध्य एक हो डि-मर्चा बाण्ड । त्यहीँ बाण्डका गायक हुन् भाष्कर ध्वज श्रेष्ठ । ‘कैलाशैमा’, ‘तारा खसेउली’, ‘झ्याम्म-झ्याम्म’ लगायतका दर्जनौं गित श्रेष्ठले गायका हुन् । बजारमा अहिले उनको नयाँ गितहरु समेत सार्वजनिक भएको छ ।

कास्की पाेखरा वडा नं ३ निवासी भाष्कर ध्वज श्रेष्ठ पछिल्लो समय राजनीतिक क्षेत्रमा समेत जोडिएका छन् । संगितसँगै राजनीतिमा होमिएका श्रेष्ठ नेपाली काँग्रेस पार्टीमा सक्रिय रहेको र नेपाली काँग्रेसको नियमित महाधिवेशनमा सहभागि भइ कास्की ३ क प्रदेश-क्षेत्रबाट प्रदेश प्रतिनिधि हुँदै मंसिर ५ र ६ गतेको गण्डकी प्रदेश अधिवेशनबाट प्रदेश कार्यसमिति सदस्य पदमा निर्वाचित भएका छन् ।