सभामुख अर्यालद्धारा बूढीगण्डकी आयोजनाको कार्यालय, पुल र आवास भवनको शिलान्यास


काठमाडौं । लामो समयदेखि बढ्न नसकेको बूढीगण्डकी जलविद्युत् आयोजनाकाे कार्यालय भवन, पक्की पुल र आवास भवनको शिलान्यास गरिएको छ।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले बुधबार उक्त संरचनाहरूको शिलान्यास गरेका हुन्।

शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वाधार विकास मन्त्रालयका सुनील लम्सालसहित धादिङ र गोरखाका सांसदहरूको उपस्थिति रहेको थियो।

१२०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना लामो समयदेखि चर्चामा रहे पनि यसको निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन।