स्वतन्त्र समाजको लागि मिडियाको भूमिका महत्वपूर्ण : राजदुत पुरी


काठमाडौं, २६ चैत । भारतीय राजदुत मञ्जीवसिंह पुरीले स्वतन्त्र समाजको लागि मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत पुरीले यस्तो बताएका हुन् ।

उनले क्लबले १८ वर्ष पुरा गरेर १९ वर्ष टेकेको अवसरमा शुभकामना दिँदै भने,‘आउने दिनमा पनि ऋषिजी भूमिका अझै बढेर जाने छ, उहाँले जुन किसिमको भूमिका अहिले पत्रकारिताको माध्यमबाट देखाउनुभएको छ, यो अत्यन्तै प्रशंनीय छ ।’

उनले आजको दिनमा मिडियाको रोल धेरै महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि क्लबले आफ्नो भूमिकालाई अझै सशक्त बनाउने विश्वास व्यक्त गरे । उनले थपे,‘ऋषिजी म तपाईलाई धेरै÷धेरै बधाइृ दिन चाहन्छु, आगामी दिनका हरेक पाईलाहरुमा सफलता मिलोस् ।’

Skip This

Omoda E5 Pro