काठमाडौँ । सर्लाहीको मलंगवास्थित भूमि प्रशासन कार्यालयका नायब सुब्बा निर्मल तिमलसिना एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
मोही कायम भएको जग्गा नामसारी गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।
अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले मंगलबार भूमि प्रशासन कार्यालयबाटै घुसबापत लिइसकेको एक लाख रुपैयाँसहित तिमलसिनालाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
आयोगका अनुसार उनीविरुद्ध घुस रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा बुधबार विशेष अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।




प्रतिक्रिया