मतदाता बोकेको बस तीन किलोमा दुर्घटना, २ को मृत्यु


सिन्धुपाल्चोक, २८ वैशाख । मतदाता बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। काठमाडौंबाट दोलखा जाँदै गरेको बा ३ ख ५०५६ नम्बरको बस सिन्धुपाल्चोकको खाडीचौरस्थित तीन किलोमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा दोलखा लामीडाँडा-७ का ७६ वर्षीय मुक्तिनाथ घिमिरे र उनकी श्रीमती रत्नकुमारी घिमिरे रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार मुक्तिनाथको घटनास्थलमै मृत्यु भएको हो भने उनकी श्रीमतीको उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। घटनामा परी २० भन्दा बढी यात्रु घाइते भएको प्रहरीको भनाई छ ।

क्षमताभन्दा बढी यात्रु बोकेको बस सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेहरुको सिन्धु सदावहार अस्पताल खाडीचौरमा उपचार भइरहेको छ। घाइतेमध्ये ९ जना गम्भीर घाइतेलाई धुलिखेल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

Skip This

Omoda E5 Pro