बिराटनगर महानगरपालिकाको मतगणना स्थगित


बिराटनगर, १८ असार। बिराटनगर महानगरपालिकाको मतगणना स्थगित भएको छ । मतगणना व्यवस्थित नभएको भन्दै दलहरुले असन्तुष्टि जनाएपछि गणना स्थगित गरिएको हो ।

मतगणनाका लागि मतपेटिकाबाट खन्न्याइएको मत भने गणना गरिनेछ । त्यसपछि मतगणना व्यवस्थित गर्ने मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले बताए । उनले यसका लागि कम्तिमा २ घन्टाको समय माग गरेका छन् । संघीय समाजवादी फोरमका मेयरका उम्मेदवारले आफ्नो ८ मत फरक परेको भन्दै उजुरी गरेका छन् ।