१५ वर्षमै विवाह गरेका भोला रिजालको जीवन हजुरबा र श्रीमतीका कारण यस्तो के भयो ?


डाक्टर तथा वरिष्ठ चिकित्सक भोला रिजाल परिचित नाम हो । गीत रचना र चिकित्सक पेशालाई सफलतापूर्वक अगाडि बढाउन सफल रिजालको विहे १५ वर्षको उमेरमै भएको थियो । गीत रचना र गायनकलाकै कारण विश्वेश्वरप्रसाद कोइरालादेखि राष्ट्रकवि माधवप्रसाद घिमिरेसम्मका व्यक्तिसँग निकट भएका रिजालको जीवन आम मानिसकोभन्दा फरक छ । उनै रिजालसँग ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नपाल बहसका लागि अन्तवार्ता लिनुभएको छ । उक्त अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ ।

तपाईले अहिलेसम्म कति गीत रचना गर्नुभयो ?
मैले अहिलेसम्म करिब ३ हजार गीत रचना गरिसकेँ ।

सबैभन्दा मन पर्ने गीत कुन हो ?
मन पर्ने गीत त धेरै छन् ।

तपाईँको सांगितिक यात्राको बारेमा बताइदिनुस् न ।
मैले नै संगित भरेको र गाएको गित मेरो पौवा पाटीबाट मैले सांगितिक यात्रा सुरु गरेको हुँ । मैना चरी मेरो पनि तेरो कथा छ लेखेँ । त्यसपछि चलचित्रका लागि पनि गीत लेख्न थालेँ । के साइनोले बोलाऊँ, भक्तराज आचार्यले संगित भर्नुभएको मैले आखाँको भाका बुझिन भन्ने लेखेँ । यसरी एउटा चरणको यात्रा पार गर्दै २०५७–५८ तिर सगरमाथा रोइरहेछ र सारङ्गीको तार टुट्यो गीत समावेश गरेर एल्बम सार्वजनिक गरेँ । राष्ट्रकवी माधवप्रसाद घिमिरेको हातबाट बिमोचन गरिएको त्यो एल्बमले तहल्का पिट्यो । त्यतिखेर राष्ट्रिय गीतको कलेक्सन नभएर एल्बम नै थियो ।

त्यो एल्बममा समेटिएका गीत कस्ता थिए ?
त्यसमा समावेश गीतमा तत्कालिन अवस्थाको द्धन्द्ध समेछिटएको थियो । फूलको माला सजिएको फोटो मात्रै जुर्छ, जो मरे नि नेपालीकै सिउँदो खाली हुन्छ भन्ने रामकृष्ण ढकालको स्वरमा सजिएको उक्त गीत धेरै लोकप्रिय भयो ।

चलचित्रका लागि कस्ता गीत लेख्नुभयो ?
चलचित्रका लागि लेखिएको लजालु ति नजर भन्ने प्रकाश श्रेष्ठले गाएकोदेखि लिएर आजसम्मका सबै गीत राम्रै भएका छन् ।

तपाई चिकित्सक पेशा र संगीतलाई कसरी लिनुहुन्छ ?
मैले चिकित्सक पेशालाई मस्तिष्क र संगीतलाई मुटुको रुपमा लिएको छु । यदी संगित र साहित्य भएन भने सायद म चिकित्सा पेशामा संलग्न हुन असमर्थ हुन्छु । जुन दिन संगितको पाटो मर्छ त्यहि दिन चिकित्सा पेशालाई पनि तिलान्जली दिन्छु ।

संगितप्रति नेपाली नेताहरुको विश्वास र आकर्षण कस्तो पाउँनुहुन्छ ?
एकदिन राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यूले जब मेरो सगरमाथा रोइरहेछ भन्ने विमोचन गरिसक्नुभएकोद थियो, ओम हस्पिटलको चौतारीमा आउुनभयो । भेट्नासाथ अँगालो हालेर भन्नुभयो, डाक्टर साब तपाईको यो सृजना, ओम अस्पतालको सृजना चाँही साच्चि नै एउटा अविष्मरणीय सृजना, नेपाली जनताको लागि यत्ति गर्दिनुभयो, एकदमै सह्रानीय छ, तपाईका गीतहरु जस्तो बोल्छन, त्यस्तै मन छुने गीतहरुले ओम हस्पिटल झल्काउँछ भन्नुभएको थियो । मेरो मन छोएर आँशु झरेको थियो । अनि मैले भनेँ, यो कुरा हामीजस्ता कला साहित्य बुझ्ने मान्छेको सट्टामा राजनीतज्ञहरुको मनमा यस्तो कुरा पसिदिएको भए आज यो देश बेल्दै हुन्थ्यो होला । तर विश्वेश्वर प्रसाद कोइरालाले मलाई बोलाएर एउटा गीत गाइदेऊ भन्नुहुन्थ्यो । इटहरीको मिलको अगाडि बसेर उहाँले मैले गाएको गीत सुन्नुहुन्थ्यो ।

तपाईले पछिल्लो समय रचना गर्नुभएको गीत कुन हो ?
मेरो देश डुब्नै लाग्यो किनारा लगाइदेऊ, सपुत छौ कि कोही माझी बताइदेऊ, अझै ढुकढकी छ बाँकी, मर्न त्यसै नदेऊ भन्ने सत्य–स्वरुपको स्वर र संगितमा सजिएको छ । यो गीतले धेरै नै चर्चा पायो । अहिले तिमीलाई चिन्ता छ अर्को जनमको, म यही जनमको कुरा सोच्दैछु, तिमी बाडौँ भन्छौ तराई पहाड, म संसार जोड्ने कुरा खोज्दैछु भन्ने गीत कम्पोज गर्दैछु ।

श्रीमती सरला रिजालका साथमा डा. भोला रिजाल

तपाईको हजुरबुबाले “तलाई गीत सिक्नुपर्दैन, त्यसै गाउन आउँछ” भन्नुहुन्थ्यो रे नि ?
साँच्चै भन्ने हो भने आज म जे छु, दुई जनाको कारणबाट छु । चिकित्सा जगतमा मेरी श्रीमती सरला रिजाल र साहित्य, संगित जगतमा मेरो जिजुबुबा धु्रवलाल रिजालको ठूलो योगदान छ । गीत संगितमा आउनुको कारण मेरो हजुरबुबा नै हो । बुबा चण्डिप्रसाद रिजालको मलाई प्रेरणा मिलेको छ ।

तपाइलाई डाक्टर बनाउनमा कस्को भूमिका थियो ?
मेरी श्रीमती सरलाको । म १५ वर्षको र सरला १२ वर्षको हुँदा हाम्रो विवाह भएको हो । मेरो हजुरबाले आफ्नो जीवनकालमै नातीको विवाह हुनुपर्छ भनेका कारण सानै उमेरमा विवाह भयो । उहाँले बोलेका कुरा हामी कसैले पनि काट्न सक्दैनथ्यौँ ।

Skip This

Omoda E5 Pro