एमालेले पत्रकारमाथि झुटा मुद्दा लगाएको भन्दै नेपाल प्रेस युनियनको आपत्ति


८ साउन, काठमाडौँ । नेपाल प्रेस युनियनले युनियन बाजुराका अध्यक्ष छक्कबहादुर मल्ललाई प्रहरीले घटनाको गहिराइमा नपुगी नियन्त्रण लिएको भनी दुःख व्यक्त गरेको छ ।
युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज विज्ञप्ति जारी गरी राजनीतिक प्रतिशोध साँधी नेकपा (एमाले)का कार्यकर्ताले झुठा मुद्दा दायर गरी प्रहरीलाई नियन्त्रणमा लिन लगाएको तथा तीन साताअघि छेडेदह गाउँपालिकाबाट समाचार संकलन गरी सदरमुकाम मार्तडी फर्कने क्रममा उनीमाथि आक्रमण भएको आरोप लगाइएको छ ।
युनियनले घाइते मल्लको उचित उपचारको आवश्यक व्यवस्था मिलाउनुका साथै उनीमाथि लगाइएका झुठा मुद्दा खारेज गर्न स्थानीय प्रशासनसमक्ष माग गरेको छ । रासस

Skip This

Omoda E5 Pro