अर्घाखाँची, १० साउन । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले स्थानीय तहको दोस्रो चरणको निर्वाचन सफल रुपमा सम्पन्न गराउनको लागि आफ्नो तर्फबाट उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै रिपोर्टर्स क्लब नेपाल अर्घाखाँचीलाई धन्यवाद ज्ञापन गरेको छ ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सन्धिखर्क नगरपालिकासहित अर्घाखाँची जिल्लाका सबै पालिकाहरुको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित ढंगले शान्तिपूर्ण रुपमा सम्पन्न गराउन गराउन रिपोर्टर्स क्लब अर्घाखाँची र यसका सभापति रामकुमार क्षेत्रीको नेतृत्वले खेलेको भूमिकाको उच्च मुल्यांकन गर्दै धन्यवाद ज्ञापन गरेको हो ।

मुख्य निर्वाचन अधिकृत केशव प्रसाद बास्तोलाद्धारा जारी धन्यवाद पत्रमा भनिएको छ,‘’निर्वाचन स्वतन्त्र, शान्तिपूर्ण र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न यहाँ र यहाँको कार्यालयबाट पाएको महत्वपूर्ण सहयोग र सद्धभावपूर्ण व्यवहारका लागि म मेरो व्यक्तिगत तर्फबाट, मुख्य निर्वाचन अधिकृतको कार्यालयको तर्फबाट र जिल्लाका अन्य पालिका निर्वाचन अधिकृतहरुको तर्फबाट समेत यहाँमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु।’




प्रतिक्रिया