कमल थापाको आरोप : ‘सरकार मधेस समस्या समाधान गर्न अनिच्छुक’


हेटाँैंडा, १९ साउन । राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान सरकार राजपालाई विश्वासमा लिई मधेश समस्या समाधान गर्न अनिच्छुक रहेको आरोप लगाउनुभएको छ ।

राप्रपा मकवानपुरले आज आयोजना गरेको कार्यकर्ता भेला र अन्तक्र्रियालाई आज यहाँ सम्बोधन गर्दै उहाँले मधेश समस्या समाधान गर्न सविधान संशोधन विधेयक संसद्मा निर्णयार्थ प्रस्तुत नगरेकाले राजपालाई विश्वासमा लिन नसकेको बताउनुभयो ।

राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी र सांसद गणेश थापाले पार्टी कार्यकर्ता पार्टीको नीति र सैद्धान्तिक पक्षलाई आत्मसात् गरी जनताको घरदैलामा पुगेर संगठन बढाउन क्रियाशील हुनुपर्ने बताउनुभयो । रासस