काठमाडौं, २० साउन । निर्वाचन क्षेत्र निर्धारण आयोगले भोलिबाट गोप्य रुपमा बैठक सुरु गर्ने भएको छ ।
शुक्रबार सिंहदरबारमा आयोगले पत्रकार सम्मेलन गरेर भोलिदेखि गुप्तवास बस्न र आगामी १० दिनभित्र सबै प्रतिवेदन सरकारलाई बुझाउने जनाएको छ । आयोगले अहिलेसम्म सबै सुझावहरु लिईसकेको छ। उनले भने,‘चाहिएको सुझाव सबै आईसक्यो, हामी प्रदेशमा १६५, र प्रतिनिधि सभाको २४० संख्या अनुसार नै अघि बढिरहेका छौं ।’
भोलिबाट गुप्तवास बसेर भव्य रुपमा काम गर्ने आयोगका अध्यक्ष कमलनारायण दासले जानकारी दिए । उनले भने,‘कार्यालयमै बस्नेगरि हामी ढोका थुनेर काम सुरु गर्छौ, राजनीतिक दवावलाई झेल्नको लागिपनि अब हामी गुप्तवास बस्नुपर्ने अवस्था छ।’ उनका अनुसार आयोगले गत साउन ११ गतेदेखि कार्य प्रारम्भ गरेको हो । उनले कार्य प्रारम्भ गरेको दिनदेखि २१ औं दिनसम्म पूर्ण प्रतिवेदन बुझाउने समेत विश्वास दिलाए ।
यो बीचमा आयोगका पदाधिकारीहरु राय, सुझाव लिनको लागि विभिन्न प्रदेशमा गएको समेत जनाए ।




प्रतिक्रिया