उर्जामन्त्री शाही चीनमा मस्त, लोडसेडिङका कारण जनता अस्तव्यस्त !


काठमाडौं, ५ असोज । नेपालको जलविद्युत् क्षेत्रमा चिनियाँ लगानीका विषयमा द्विपक्षीय तथा बहुपक्षीय छलफल गर्न ऊर्जामन्त्री महेन्द्रबहादुर शाही चारदिने भ्रमणका लागि चीनमा मस्त छन् । तर जनता यतिवेला लोडसेडिङ्का कारण ठूलो मारमा परेका छन् । खासगरी यतिवेला सुदरपश्चिमका जनता लोडसेडिङको मारमा आन्दोलित छन् । त्यहाँका सञ्चारगृहपनि बन्द छन् ।

सुदुरपश्चिममात्रै नभएर तराई मधेशमा पनि अहिले लोडसेडिङको समस्या देखिन थालेको छ । निर्वाचनको समयमा सञ्चारकर्मीहरुलाई समेत समाचार सम्प्रेषण गर्न गाह«ो भएको थियो ।

हुन त मन्त्री शाहीले नेपालको जलविद्युत् आयोजनामा चिनियाँ ठेकेदारले तोकिएको समयमा काम नगरेको बारेमा समेत कुराकानी गर्ने गरिरहेको उनको सचिवालयले दाबी गरेको छ ।

यस्तै पश्चिम सेती, बूढीगण्डकीलगायत ठूला जलविद्युत् आयोजना निर्माण तत्काल शुरु गराउने विषयमा समेत मन्त्री शाहीले सम्बन्धित अधिकारीसँग छलफल गर्ने जनाइएको छ ।

आयोजना ठेक्का लिने तर काम नगर्ने भन्दै चिनियाँ निर्माण व्यवसायीको आलोचना हुँदै आएको छ । ऊर्जामन्त्री शाहीले थ्री गर्जेज जलविद्युत् आयोजना समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ । मन्त्री शाहीले लोडसेडिङ पूर्ण रुपमा अन्त्य गर्ने सार्वजनिक घोषणा गरेपनि उनी गम्भिर भएर त्यसमा नलागेको बुझिएको छ ।

उनको कार्यशैलीलाई लिएर सरोकारवाला निकायका अधिकारीहरु नै रुष्ट बनेका छन् । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ्पनि यतिवेला मन्त्री शाहीको भूमिकालाई लिएर रुष्ट बनेका छन् । उनले मन्त्री शाहीलाई आफूले गम्भिर नपाएको गुनासो उनका निकटहरुसँग गर्न थालेका छन् ।