अबको निर्वाचनमा हामी गठबन्धन गर्छौं, पहिलो प्राथमिकतामा संघीय समाजवादी फोरम नै हो : मनिष सुमन


राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष सुमनले अबको निर्वाचनमा आफ्नो पार्टीले संघीय समाजवादी फोरम नेपालसँग चुनावी तालमेल गर्ने भनेर पहिलो प्राथमिकतामा राखेको स्पष्ट पारे ।

उनले भने,‘हामी अबको निर्वाचनमा मुलतः मधेश केन्द्रित दलहरुसँग नै तालमेल गर्छौं, त्यसको लागि पहिलो प्राथमिकतामा उपेन्द्रजीको फोरम नेपाल नै हो।’ त्यस्तै उनले संविधान संशोधन पक्षधर शक्तिहरुसँग पनि आफूहरुको तालमेल हुने जनाए ।

महासचिव सुमनले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा राजपा र फोरम नेपालवीचको अन्तर खासै नभएको र दुवैपार्टीवीच तालमेल नभएकोले त्यसको फाईदा अरुले उठाएको बताउँदै अब त्यस्तो गल्ती गर्न नहुने धारणा राखे ।

उनले आफूहरु शतप्रतिशत स्थानमा तालमेल गर्ने पक्षमा रहेको समेत जनाए । यद्धपी तालमेल हुन नसकेको स्थानमा भने स्वस्थ प्रतिष्पर्धा हुने उनको विश्वास थियो ।