प्रचण्डले एमालेसँग आत्मसमर्पण गरे, ओली उनको नेता भए : किराँती


काठमाडौं, १७ असोज । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँतीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग आत्मसर्मपण गरेको आरोप लगाएका छन् ।

सोमबार पार्टीको सचिवालयले गरेको एकताको प्रस्तावसम्बन्धीको निर्णयमा असन्तुष्टि जनाउँदै किराँतीले यस्तो आरोप लगाएका हुन् । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा किराँतीले भने,“प्रचण्डले पार्टीलाई एमालेमा विलय गराए, यो हामीलाई कुनै हालतमा पनि मान्य हुँदैन, यसमा हाम्रो कुनै सहमति छैन्।”

संघीयता, गणतन्त्रजस्ता उपलब्धि हाँसिल गर्न सशस्त्र संघर्ष गरेर आएको पार्टीलाई यसरी बहुहठका कारण एमालेजस्तो प्रतिगामी शक्तिमा विलय गराएर प्रचण्डले गद्दार गरेको उनको आरोप थियो । उनले भने,“यो कम्युनिष्ट आन्दोलनको विपरित छ, सशस्त्र जनयुद्धको मर्म र भावना विपरित छ।”