अन्तत: सिलवालको राजिनामा स्वीकृत

0
Shares

काठमाडौं, २३ आश्विन । अन्तत: डीआईजी नवराज सिलवालको राजीनामा स्वीकृत भएको छ । गृहमन्त्री जनार्दन शर्माले असोज १९ को मिति राखेर सिलवालको राजीनामा स्वीकृत गरेका हुन ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले राजीनामा स्वीकृतिका लागि गृहसचिव लोकदर्शन रेग्मीलाई पठाए पनि पत्र नआएको बाहनामा राजीनामा रोकिएको थियो ।

तत्कालिन सरकारले तेस्रो नम्बर वरीयतामा रहेका डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाएपछि सिलवाल अदालत गएका थिए । अदालतबाट आफ्नो पक्षमा फैसला नआएपछि सिलवाल राजीनामा दिएर बसेका थिए । सिलवाल केही दिन अघि मात्रै एमाले प्रवेश गरिसकेका छन् ।