रोल्पा (लिवाङ), ५ कार्तिक । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेपाली कांग्रेसले प्रत्यक्षतर्फ जम्मा १० सिटभन्दा बढि जित्न नसक्ने दाबी गरेका छन् ।
नेता पुनले वाम गठवन्धनलाई आगामी चुनावमा दुई तिहाई सिट ल्याउन कसैले रोक्न नसक्ने समेत ठोकुवा गरे ।
आईतबार रोल्पाको लिवाङमा आफ्नो उम्मेद्धारी दर्ता गरेलगत्तै आयोजित सभालाई सम्बोधन गर्दै पुनले यस्तो दाबी गरेका हुन् । उनले भने,“प्रत्यक्ष तर्फ कांग्रेसको गठवन्धनले १० सिट भन्दा बढी ल्याउनै सक्दैन्, म दाबाका साथ भन्छु ।”
पूर्वअर्थमन्त्री समेत रहेका नेता पुनले वाम गठबन्धनले दुई तिहाई वहुमत ल्याएर समाजवाद निर्माणको दिशामा अघि बढ्ने विश्वास दिलाए । उनले अघि थपे,‘कांग्रेसी मित्रहरुले यसलाई अन्यथा रुपमा लिनु जरुरी छैन।’
वाम गठबन्धनले मुलुकको आर्थिक विकास र समृद्धिको ढोका खोल्ने पनि उनको दाबी थियो ।




प्रतिक्रिया