राजपा नेपाल र फोरमवीच अझै कुरा मिलेन


काठमाडौं, ७ कार्तिक । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनकोलागि दलहरु चुनावी तालमेल र सिट बाँडफाँडमा जुटेका छन् ।

चुनावी तालमेलका खासगरी सिट बाँडफाँटबारे राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालवीच आज पनि छलफल भएको छ । छलफलमा कुनै सहमति जुट्न सकेको छैन् ।

स्रोतका अनुसार सिट संख्यामा दुवै पार्टीवीच कुनै सहमति हुन नसक्दा आज सहमति जुट्न नसकेको हो । फोरम र राजपावीच सहमति भएपछिमात्रै कांग्रेससँग छलफल गर्ने तयारीमा मधेशी दलहरु लागेका छन् ।