कालिकोटका जनता योग्य छन्, भोट सहि व्यक्तिलाई दिनेछन्ः महासचिव शाही

0
Shares

कालिकोट, १३ कार्तिक । नेपाल तरुण दलका महासचिव एवम् नेपाली काँग्रेस कालिकोट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार भूपेन्द्रजंग शाहीले आफ्नो जित शुनिश्चित प्राय बनेको दाबि गरेका छन् ।

लोकतान्त्रिक गठबन्धन र चुनावी प्रचार प्रसारको विषय जानकारी दिनको लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उम्मेद्वार शाहीले यस्तो दाबि गरेका हुन ।

महासचिव शाहीले भने,‘नागरिकले परिबर्तन चाहान्छन । यस पटक लोकतान्त्रीक गठबन्धन बिजयी हुने निश्चित छ । २०६४ सालमा माओवादीले कर्णालीका पाँचै जिल्ला जित्यो । २०७० मा आएर माओवादी कालिकोटमा मात्रै सिमित भयो । अहिले माओबादी कालिकोटबाटै पराजय भोग्छ ।’

उनले अघि थपे,‘हाम्रो जित्ने मुख्य आधार भनेको कालिकोटका जनता हुन । यस पटक कालिकोटका आम मतदाताले न्याय गर्छन । हामी कालिकोटका साझा उम्म्द्वार हौ । काठ्माण्डौमा नेताको गठबन्धन हुँदैमा कालिकोटका नागरिको गठबन्धन हुँदैन । प्रचण्ड र केपी ओलीले भोट हाल्ने हैनन।’

कालिकोटको विकास कालिकोटका जनतालाई चाहिने र कालिकोटमा कस्तो नेता चाहिन्छ भन्ने कुरा स्थानिय नागरिकले बिचार गर्नुपर्ने बताउँदै महासचिव शाहीले भने,‘कालिकोटका जनता योग्य छन्, पार्टी हेरेर मतदान गर्ने भुल दोहोर्याउने छैनन्, आफुलाई असली नागरिक प्रमाणित गर्नेछन्, यहाँका नागरिकले मलाई भोट हाल्ने हुन ।

कालिकोटमा एमाले र माओबादीको गठबन्धन भएपनि भोट व्यक्तिगत रुपमा मलाई दिनुहुन्छ भन्ने आशामा छु।’