कात्तिक १५, काठमाण्डौ । लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने भन्दै चुनावी तालमेल गर्न लागेका नेपाली कांग्रेस, राजपा र संघीय समाजवादी फोरमबिचको अन्तिम छलफल पनि विना निष्कर्ष सकिएको छ । मंगलबार अबेरसम्म भएको तीन दलीय छलफलले कुनै टुङ्गो लगाउन नसकेको राजपा नेता अनिल झाले बताए ।
राजपा–फोरम र कांग्रेसबिचमा ५०–५० प्रतिशतको सिटसंख्या भागबण्डा गर्ने विषयमा छलफल भए पनि सहमति हुन सकेन । त्यसै गरी शीर्ष नेताहरु चुनाव लड्ने ठाउँमा गरिएको तलमेलको प्रयास पनि सफल हुन सकेन ।
आज साँझसम्म सहमति गरेरै तालमेलको टुङ्गो लगाउने विषयमा छलफल गर्ने बाटो भने खुला राखिएको राजपा अध्यक्षमण्डलका सदस्यसमेत रहेका नेता झाले जानकारी दिएका छन् ।




प्रतिक्रिया