काठमाडौं, १५ कार्तिक । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि कांग्रेसको नेतृत्वमा बृहत्त लोकतान्त्रिक मोर्चा गठन भएसँगै राजपा नेपालका नेताहरु पनि उत्साहित बनेका थिए ।
तर, चुनावी तालमेललाई लिएर कांग्रेस नेता विमलेन्द्र निधिसँग राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोपनि निधिसँगै चुनाव लड्ने भएपछि अहिले गठबन्धनमा भाँडभैलो मच्चिएको छ ।
कांग्रेस नेता निधीले चुनाव लड्न लागेको धनुषा क्षेत्र नम्बर ३ मा राजपा नेता राजेन्द्र महतोले उम्मेदवारी घोषणा गरेका छन् । विमलेन्द्रकै क्षेत्रबाट महतोले उम्मेदवारी घोषणा गर्नासाथ बुधबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले राजपा नेताहरुलाई बालुवाटार बोलाएका छन् ।




प्रतिक्रिया