चुनावी तालमेलमा सहमति खोज्न अन्तिम पटक छलफलमा जुटे कांग्रेस र राजपाका नेताहरु


काठमाडौं, १५ कार्तिक । चुनावी तालमेललाई लिएर केही खटपट आएको भन्दै कांग्रेस र राजपा नेपालका शीर्ष नेताहरुवीच निर्णायक वार्ता सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सबै नेताहरु भेला भएका छन् । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले धनुषा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने घोषणा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजपा नेपालका नेतालाई छलफलका लागि बोलाको बालुवाटार स्रोतले पत्रकार ऋषि धमलालाई जानकारी दियो ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि पनि सोही क्षेत्रबाट चुनाव लड्ने भएपछि लोकतान्त्रिक गठबन्धनमा अप्ठ्यारो परेको बुझिएको छ ।