विमलेन्द्र निधी अस्पताल भर्ना, निमोनियाको आशंका


४ मंसिर, काठमाण्डौ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि छातीमा समस्या आएपछि राजधानीको ओम अस्पतालमा भर्ना भएका छन् ।

जनकपुरमा चुनाव प्रचारका क्रममा सास फेर्न गाह्रो भएपछि नेता निधि सोमबार काठमाडौं आए लगत्तै अस्पताल भर्ना भएका हुन् । निधिलाई पेट रोग विशेषज्ञ डा राहुल पाठक र छाती रोग विशेषज्ञ डा सुबोध सागर ढकाल लगायतको टोलीले उपचार गरिरहेको छ ।

चिकित्सकहरुले उनलाई सास फेर्न गाह्रो हुनुका साथै ज्वरो पनि आएकाले निमोनिया भएको आशंका गरेका छन् ।
निधि अपराह्न साढे ४ बजे अस्पताल पुगेका थिए ।

नेता निधि मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।