काठमाडौं, १४ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले मुुलुकको आर्थिक समृद्धिको लागि एकजुट हुन निजि क्षेत्रलाई आग्रह गरेकी छन् ।
नेपाल चेम्बर अफ कमर्सले देशको आर्थिक विकासलाई गति दिने उद्देश्यले भृकुटीमण्डपमा आयोजित ‘नेपाल चेम्बर एक्स्पो २०७४’ को उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो आग्रह गरेकी हुन।
राष्ट्रपति भण्डारीले प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन पछि नयाँ जनादेशको आधारमा संविधानको कार्यान्वय हुने बताउँदै आर्थिक समृद्धिको लागि निजि क्षेत्रको महत्वपूर्ण योगदान रहेन विश्वास व्यक्त गरिन् ।
उनले भनिन्,‘विगत ६० वर्षदेखि निजि क्षेत्रले मुलुकको आर्थिक बृद्धि गर्ने र रोजगारी सिर्जना गर्नेमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ, आगामी दिनमा पनि यस्तै भूमिका खेल्नमा म विश्वस्त छु, आर्थिक अन्तर निर्भर कम गर्न र चुलिदो व्यापार घाटाको दुरी घटाउनको लागि पनि निजि क्षेत्र उत्तिकै जिम्मेवार हुन्छ।’
राष्ट्रपति भण्डारीले अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा रहेको निजि क्षेत्रलाई दिन प्रतिदिन हजारौको संख्यमा पलयान भैरहेको श्रम शक्तिलाई रोक्न समेत आग्रह गरिन ।
राष्ट्रपति भण्डारीले भनिन्,हाम्रो मुलुकमा अथाह सम्भावना छन, सरकार र निजि क्षेत्रले पलयान भैरहेको यूवा शक्तिलाई रोक्नुपर्छ, रोजगारको स्थिति सिर्जना गर्नुपर्छ ।’
आजदेखि १८ गतेसम्म आयोजना हुने त्यस एक्सपोमा दक्षिण कोरिया एक्सपो पार्टनर कन्ट्री तथा थाइल्याण्ड फोकस कन्ट्री पार्टनरको रुपमा रहने बताइएको छ ।
मेलामा कुल २ सय ५० स्टल रहने छन् । नेपाल, भारत, थाइल्याण्ड, पाकिस्तान, बंगलादेश, चीन, कोरिया, जापान लगायत विभिन्न मुलुकका ९० कम्पनीको उत्पादन प्रदर्शनीमा राखिनेछन् ।
पार्टनर कन्ट्री दक्षिण कोरियाका २३ तथा फोकस कन्ट्री थाइल्याण्डको १५ वटा स्टल रहने आयोजकले बताएको छ । एक्सपोमा अटोमोबाइल, विद्युतीय सामग्री, फर्नि्सिङ, होम एप्लायन्स, फेसन वयेर तथा एक्सेसरीज, मोबाइल तथा ग्याजेट जस्ता वस्तु आगन्तुकको आकर्षणको केन्द्र बन्ने आयोजकको आशा छ ।





प्रतिक्रिया