१७ मंसिर, चितवन । चितवनको माडीस्थित वादरमुँढे पीडितहरुसँग नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्डले सम्झौता गरेका छन् । प्रतिनिधिसभा सदस्यका लागि त्यस क्षेत्रबाट उम्मेदवार बनेका प्रचण्डले पीडितहरुसँग आइतवार चितवनको माडीमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
माडीमा आयोजित सभामा जाने क्रममा माडी नगरपालिकाको रोहवरमा नगरपालिकामै माओवादी अध्यक्ष प्रचण्डले पीडित २ जनाका बीचमा ३ बुँदे सम्झौता भएको हो ।
सम्झौतामा मृतकका आश्रित परिवारलाई अवस्था हेरी काम गर्न सक्नेलाई रोजगारी, नसक्नेका लागि जीवनवृत्ति, बालबालिकाको पठनपाठनको व्यवस्था गर्ने पहिलो बुँदामा उल्लेख गरिएको छ । त्यस्तै घाइतेको औषधी उपचारको व्यवस्था गर्ने र का मगर्न सक्नेलाई रोजगारी र नसक्नेलाई जीवनवृतिको व्यवस्था गर्ने सम्झौता गरिएको छ ।

त्यसैगरी तेस्रो बुँदामा घटनामा ज्यान गुमाएकाको सम्झनामा कम्तीमा पनि १० विगाहा क्षेत्रमा पार्क बनाउने र त्यसलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने आज गरिएको सम्झौतामा उल्लेख गरिएको छ । सम्झौतापत्रमा माओवादी केन्द्रका तर्फवाट माओवादी अध्यक्ष प्रचण्ड र पीडीतहरुको तर्फवाट विकास लामिछाने, कृष्ण तिवारी, कृष्ण आचार्य, लगायतले सम्झौता गरेका छन् ।
सम्झौतापछि पीडितहरुलाई माओवादी अध्यक्ष दाहालले सम्झौता पूर्णरुपमा पालना हुनेमा विश्वास दिलाएका थिए ।




प्रतिक्रिया