काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसका यूवा नेता एवम् नव निर्वाचित सांसद ईन्द्रबहादुर बानियाँले मकवानपुरको हेटौंडालाई प्रदेश नम्बर ३ को स्थायी राजधानी घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता बानियाँले जनताको चाहना, आवश्यकत्ता र पूर्वाधारको आधारमा हेटांैडालाई प्रदेश नम्बर ३ को राजधानी घोषणा गर्न सरकारसँग माग गरेका हुन ।
क्षेत्रिय बन कार्यलय, प्रदेश सुरक्षाकर्मीको माथिल्लो निकाय बस्ने कार्यलय, पितनापतिको प्रदेश कार्यलय सबै हेटौडामा भएको बताउँदै भने,‘प्रदेशको राजधानी मुलुकको राजधानी काठमाडौ वरपर बनाउँनु पर्छ, मुलुकको राजधानीमा प्रदेशको राजधानीलाई थुपार्नुहुँदैन, यहाँ धरै प्रकारका अहसजता छन्, सवारीको चाप उस्तै छ, यस्तो स्थितिमा प्रदेश नम्बर ३ को राजधानी हेटौडा उपयूक्त छ।’
चुनावको बेलामा नाराको साहरालाई लिएर प्रेदशको राजधानी अन्यत्र बनाउने भनेर गरिएका कुराहरु आधारहिन भएको भन्दै नेता बानियाँले हेटौडालाई प्रदेश नम्बर ३ को राजधानी बनाउनको लागि सबै दलहरुसँग छलफल भईरहेको समेत जानकारी दिए ।
काँग्रेसले चुनावमा लज्जासपद हारे व्यहोर्नुको कारण काँग्रेसले पत्ता लगायो त भनेर गरिएको पत्रकारको प्रश्नको जवाफमा नेता बानियाँले भने,‘काँग्रेसले हारेको छैन्, स्थानीय तहको निर्वाचनमा पहिलो र तेस्रो दल एक भएर चुनाव लड्दा खेरी काँग्रेसको स्थिति यहि हुनेथियो, तथापी समानुपातिकमा हेर्नुस् हामी दोस्रो स्थानमा छौँ, काँग्रेसले हारेको छैन्।’
उनले अघि थपे,‘कसैले काँग्रेस कमजोर भयो भन्छ भने त्यो भ्रम हो, काँग्रेस लोकतन्त्रको निम्ति जिवित छ, यहाँ कसैले काँग्रेस सकियो, रुख ढल्यो जस्ता कुराहरु चलाईरहेका छन् त्यो पूर्ण रुपमा गलत छ।’
नेता बानियाँले आफूले यसअघि नै गृहराज्यमन्त्री, पर्यटन मन्त्रालय लगायतको जिम्मेवारी वहन गरिसकेको अनुभव स्मरण गराउँदै भने,‘प्रदेश नम्बर ३ को प्रतिपक्ष दलको मुख्य नेताको लागि काँग्रेसले मलाई नै छान्छ होला।’




प्रतिक्रिया