काठमाडौं, ३ फागुन । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँगको एकतामा अब प्याकेजको सहमतिमा जोड दिने भएको छ ।
हिजो बुधबार ललितपुरको एक घरमा बसेको एमाले र माओवादी केन्द्रवीचको एकता बैठकमा करिब करिब धेरै कुराहरु सहमति नजिक पुगेपनि अन्ततः एकीकृत पार्टीले लिने वैचारिक लाईनले विवाद थोपरिदियो ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पत्रकार ऋषि धमलासँग कुरा गर्दै भने,”धेरै कुराहरु मिलेको थियो, हामी त एकता घोषणा गरेर रात्रिकालिन भोज नै खाने तयारीमा थियौं, तर बैठकमा एकाएक वैचारिक नीति जबज वा २१ औं शताब्दीको नयाँ जनवाद के लिने भन्ने ? ले विवाद निम्त्याएको थियो ।”
उनले दुवै पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच वैचारिक विषयमा दुवै नीति महाधिवेशनसँगै लैजाने र एकता महाधिवेशनबाट टुँगो लगाउने सहमति भएपनि एमालेका केही नेताहरुले हुँदैहुँदैन भनेपछि यस्तो मोड आएको सुनाए ।




प्रतिक्रिया