चैत ३, काठमाण्डौ । नवनियुक्त कृषि तथा भूमि व्यवस्था मन्त्री चक्रपाणी खनालले कोही व्यक्ति आउनासाथ कृषि क्रान्ति भइहाल्छ भन्नु गलत हुन बताएका छन् ।
कम्युनिष्ट पार्टीका नेताहरुले लामो समयअघिदेखि कृषि क्रान्ति र आमूल परिवर्तनको नारा उठाए पनि अहिलेसम्म केही काम हुन नसकेकाले अब अहिले पनि तत्काल ठुलै परिवर्तनको अपेक्षा गर्न नहुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसममा ऋषि धमलासँग कुरा गर्दै खनालले आफू राम्रो र प्रभावकारी योजनाका साथ काम गर्ने बताए ।
“कृषिमा धेरै नै कामहरु गर्नुपर्ने छ । मुख्य गरी कृषि उपजलाई जनताको आयसँग जोड्नका लागि कृषिजन्य उत्पादनको आयात रोक्नुपर्छ ।” खनालले भने ।
अर्गानिक कृषि खेतिमा जोड दिएर कृषकको जीवन परिवर्तन गर्ने योजना कार्यान्वयन गर्ने उनलेब ताए । आर्थिक समृद्धिको एजेण्डालाई कार्यान्वयन गर्नका लागि कृषि क्षेत्र महत्वपूर्ण क्षेत्र भएकाले आफू सचेत रहने बताए ।
कृषकले किन्ने कृषि औजार ट्याक्टरमा लाग्ने गरेको भ्याट, मल, बिउ जस्ता वस्तुका बारेमा सोचिएन भने आफू पछि पर्ने भएकाले यसतर्फ आफू सचेत रहेको उनको भनाई छ ।




प्रतिक्रिया